Currently:
830
Lyrics
दैब तेरो मायाको खेलाले
आज मेरो यो गति पारिदियो
दैव तेरो मायाको खोलाले
आज मेरो यो गति पारिदियो
जसको निम्ति बाँचेको उसैले
आधि बाटो नपुग्दै छाडिदियो
आज मेरो यो गति पारिदियो
आफ्नो सानो घाउ देख्ने मानिसले
आफ्नो सानो घाउ देख्ने मानिसले
अरु मर्दा सम्म पनि रुँदैन
अरु मर्दा सम्म पनि रुँदैन
सबैलाई हसाउँने मायाले
जुनी भरी धरधरी रुवाइदियो
जसको निम्ति बाँचेको उसैले
आधि बाटो नपुग्दै छाडिदियो
आज मेरो यो गति पारिदियो
आफ्नो गल्ती कसैले देख्दैन
आफु झुटो कहिले हँुदैन
आफ्नो गल्ती कसैले देख्दैन
आफु झुटो कहिले हँुदैन
सबै देख्छन् अरुलाई नजाती
सबै देख्छन् अरुलाई नजाती
आफ्नै मैलो कसैले देख्दैन
आफ्नै मैलो कसैले देख्दैन
दुई मुटु जोडिदिने मायाले
मुटु किन तोडिदियो
जसको निम्ति बाँचेको उसैले
आधि बाटो नपुग्दै छाडिदियो
आज मेरो यो गति पारिदियो