Currently:
830
Lyrics

Browse by Artiste:

0-9 A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

Hari Bansha Acharya - Saarangi Retaula (सारंगी रेटौँला)

Artist

Hari Bansha Acharya

Album

Lyrics

सारंगी रेटौला मौका मिले फेरि भेटौँला
सारंगी रेटौला मौका मिले फेरि भेटौँला

फेरि भेट्ने कहिले कहिले
मनमा पोल्छ अहिले
त्यत्रो दिन कसो गरि
एक्लै बस्नु मैँले

एक दिन दुई दिन भन्दा भन्दै
भेट्ने दिन आइहाल्छ
फोटो हेरि मन बुझाउनु
फोनमा कुरा भइहाल्छ

चाँडो आउने कसम खाउ
जानु भन्दा पहिले
नत्र तिम्रै जन्मदिनमा
बाटो छेक्छु अहिले

दुइटा हिउद पुर्नु तिमिले
तिन'टा हिउद लाग्दैन
मेरो सिरको कालो कपाल
सेतो भई पाक्दैन

सारंगी रेटौला मौका मिले फेरि भेटौँला
सारंगी रेटौला मौका मिले फेरि भेटौँला

हिजो तिमिले लाइदियौ
गुँरास फुल सिरमा
आज तिमि जान लाग्यौ
मलाई छोडि भिरमा

मन मेरो झनै रुन्छ
नगर है बिलौना
तिमिलाई सुनको सिक्रि पठाउँछु
पेट्रो लाई खेलौना

मलाई तिम्रो माया चाहिन्छ
होइन सुनको गहना
आमा बाबु काख जस्तो
हुदैन है खेलौना

छोडी जान मन थिएन
घरको चुलै बलेन
गाउँमा मान्छे बस्नै छोडे
अन्न पातै फलेन

सारंगी रेटौला मौका मिले फेरि भेटौँला
सारंगी रेटौला मौका मिले फेरि भेटौँला

फेरि भेट्ने कहिले कहिले
मनमा पोल्छ अहिले
त्यत्रो दिन कसो गरि
एक्लै बस्नु मैँले

सारंगी रेटौला मौका मिले फेरि भेटौँला
सारंगी रेटौला मौका मिले फेरि भेटौँला
सारंगी रेटौला मौका मिले फेरि भेटौँला
सारंगी रेटौला मौका मिले फेरि भेटौँला