Currently:
830
Lyrics
काँडा त बिज्यो बिज्यो विष त नभर न २
घाऊ त लाग्यो लाग्यो नुन त नछर न
माया त मार्यो, मार्यो २
भो अब हल्ला नगर २
काँडा त बिज्यो बिज्यो विष त नभर न
तिम्रो त जिन्दगीमा जता पनि बाटो २
शिरमा बेली फुलीदेला चमेलीको साटो
दुनियांले देख्दा खेरी तिमी कति जाती
कस्ले देख्छ तिर चल्या यहि छाती मािथ
पहाड त खस्यो खस्यो बाढि त नहुल न
माया त मार्यो मार्यो २
भो अब हल्ला नगर २
निर्मोहिकै संसार रैछ माया कँहा छ र
ढुङ्गा माटो बीचको पनि छुटयो क्यारे भर
दाष जति मलाई छाडि र्निदोषी बन्नु
दुनियांको नजर भरि हाँसी हाँसी जीउनु
आँशु त झर्यो झर्यो मुटु त नचुड न
घाऊ त लाग्यो लाग्यो नुन त नछर न
माया त मार्यो मार्यो २
भो अब हल्ला नगर २
काँडा त बिज्यो बिज्यो विष त नभर न