Mero Nepal (मेरो नेपाल)
तिमीलाई म भुल्न सक्दिन
जहाँ जाउँ तिम्रो याद आईरहन्छ
यो खोला, यो नाला, यो पहाड-भन्ज्याङ्गले मलाई बोलाइरहन्छ
तिमीलाई म भुल्न सक्दिन
जहाँ जाउँ तिम्रो याद आईरहन्छ
यो खोला, यो नाला, यो पहाड-भन्ज्याङ्गले मलाई बोलाइरहन्छ
मेरो नेपाल मेरो नेपाल मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो
डाँडाकाँडा हरियाली यहाँ आँगनै भिर
लालिगुराँस, चाँप, चमेली फुल्छ थरीथरी
खोला, नाला, झरनाको मिठो सुसेली
आईरहन्छ यो मनमा झलझली
आईरहन्छ यो मनमा झलझली
मेरो नेपाल मेरो नेपाल मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो
सगरमाथा शिर बनी यहाँ उभिएको छ
करौडौँ मुटुमाझ तिमी सजिएको छ
विर, माहात्मा, बुद्ध जन्मिएको देश
मलाई प्यारो प्यारो लाग्छ आफ्नै स्वदेश
मलाई प्यारा लाग्छ आफ्नै स्वदेश
मेरो नेपाल मेरो नेपाल मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो
तिमीलाई म भुल्न सक्दिन
जहाँ जाउँ तिम्रो याद आईरहन्छ
यो खोला, यो नाला, यो पहाड-भन्ज्याङ्गले मलाई बोलाइरहन्छ
मेरो नेपाल मेरो नेपाल मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो

Comments
Post new comment