Currently:
830
Lyrics
आगनको डिलमा बसेर तिमी,पर्खि रहनु मायालु
सावन गएर कहिले त बसन्त आउछ नै होला
रात गएर कहिले त प्रभात हुन्छ नै होला
नरुनु मेरो यादमा मायालु,
भेट एकदिन हुन्छ नै होला
निदरीको सन्सारमा तिमी मलाई खोज्नु
फुलबारी त्यो पाखाबिच म त्यही त हुन्छु
छुटनु त माया दैव ले कोर्यो
युग जस्तै यो बित्त्ने पो भयो
बिछोडको धडी यो मायालु,
एकैछिनको बाढी सम्झेछु
टाढा तिमी भएपनि
आँखामा रूप सँधै तिम्रै देख्दछु,
सम्झिनदेउ मिलन अधुरो साथ तिम्रै म
पर्खीरहेछु