Timi Tesai Lajayau (तिमी यसै लजायौ)
Artist:
Robin Sharma (रबिन शर्मा)
Album:
<unknown album> तिमी यसै लजायौ
म उसै धकाए
न बोल्यौ तिमीले
न मैले बोलाए
कति सपना आए परेलीमा बस्न
कति सपना आए परेलीमा बस्न
नसोध्यौ तिमीले
न मैले सुनाए
तिमी यसै लजायौ
म उसै धकाए
न बोल्यौ तिमीले
न मैले बोलाए
बैँसालु पाखा बारीमा
कोही चरि झैँ
नजरको नसालु
कुलेसो तरे झैँ
हुरी चल्छ मनमा तिमी भित्र छौ कि
हुरी चल्छ मनमा तिमी भित्र छौ कि
मेरो दिल हरायो तिमीले लियौ कि
तिमी यसै लजायौ
म उसै धकाए
न बोल्यौ तिमीले
न मैले बोलाए
यो कस्तो हो माया
यो कस्तो हो माया
मुटु बाँधिए झैँ
म हाँस्दा अधरमा
तिमी बाँधिए झै
झरी पर्छ तनमा तिमीले छोयौ कि
म बग्दो नदीको तिमी बाँध हौ कि
तिमी यसै लजायौ
म उसै धकाए
न बोल्यौ तिमीले
न मैले बोलाए
कति सपना आए परेलीमा बस्न
कति सपना आए परेलीमा बस्न
नसोध्यौ तिमीले
न मैले सुनाए
तिमी यसै लजायौ
म उसै धकाए
न बोल्यौ तिमीले
न मैले बोलाए

Comments
Post new comment