tyo jharana (त्यो झरना)
Artist:
Kranti Ale
Album:
Sherpini Kanchi त्यो झरनाको पानी मिठो
झरझर गर्दै झर्ने
बन पाखामा रमाउदै होला गाईगोठालो गर्ने
त्यो झरनाको पानी मिठो
झरझर गर्दै झर्ने
सानो छदा गाई चराउथेँ
हिमालको काखमा
सोल्टिनीलाई बोलाउँथे
पिरतीको भाकामा
डाँफे मुनाल चरी पनि यही हिमालमा नाच्छन्
दोहोरी र जुहारीमा माया पि्रती गाँस्छन्
त्यो झरनाको पानी मिठो
झरझर गर्दै झर्ने
जननी जन्म भुमीको माया नै बेग्लै
रुन मात्र मन लाग्छ विदेशमा हुँदा एक्लै
लाग्छ मलाई देशको माया जहाँ बसेपिन
विदेशतिर गाको थिएँ धन कमाउँछु भनी
त्यो झरनाको पानी मिठो
झरझर गर्दै झर्ने

Comments
Post new comment