samjhee samjhee(सम्झी सम्झी रुनु भन्दा)
Artist:
Ananda Karki
Album:
<unknown album> सम्झी सम्झी रुनु भन्दा,
बरु पागल् बनाइदेउ
तड्पी तड्पी बाँच्नु भन्दा,
बरु मृत्यु मलाई देउ
मुटु साटेकै किन
माया प्रीति बसेकै किन
मुटु साटेकै किन
माया प्रीति बसेकै किन
साथ हिडेकै किन
हत्ते गरी चाहेकै किन
यो दुनिया पराइ भो
प्राण मेरो खोसि देउ
तड्पी तड्पी बाँच्नु भन्दा
बरु मृत्यु मलाई देउ
बिर्सु कसरी बिर्सु
आउँछिन् सोचाइ भरी
बिर्सु कसरी बिर्सु
आउँछिन् सोचाइ भरी
सम्झु कसरी सम्झु
चर्किन्छ छाती बेसरी
यो जिन्दगी बेहाल भो
सास मेरो रोकीदेउ
तड्पी तड्पी बाँच्नु भन्दा
बरु मृत्यु मलाई देउ
सम्झी सम्झी रुनु भन्दा
बरु पागल बनाइदेउ
तड्पी तड्पी बाँच्नु भन्दा
बरु मृत्यु मलाई देउ

Comments
Post new comment