Khola Ko Dui Kinar Bho (खोलाको दुई किनार भो)

0
Your rating: None
Artist: 
Dil Kumari Khati
Album: 
<unknown album>

खोलाको दुई किनार भो
तिम्रो र मेरो पिरती
हो मेरो पिरती
कहिल्यै नमेटिने तृष्णा भो
तिम्रो र मेरो जिन्दगी
हो मेरो जिन्दगी
खोलाको दुई किनार भो

आफ्नो मुटु आफैले नै
कुल्चेर हिँड्नु पर्‍यो
आफ्नो व्यथा आफै भित्र
समेटेर रुनु पर्‍यो
कहिल्यै नरित्तिने आँशु भो
तिम्रो र मेरो पिरती
हो मेरो पिरती
खोलको दुई किनार भो

आफ्नो घाउ आफैले नै
कोट्याएर सहनुपर्‍यो
आफ्नो पिडा आफैभित्र
लुकाएर बाँच्नुपर्‍यो
कहिल्यै नटुङि्गने कथा भो
तिम्रो र मेरो पिरती
हो मेरो पिरती

खोलाको दुई किनार भो
तिम्रो र मेरो पिरती
हो मेरो पिरती
कहिल्यै नमेटिने तृष्णा भो
तिम्रो र मेरो जिन्दगी
हो मेरो जिन्दगी
खोलाको दुई किनार भो

Comments

Post new comment

The content of this field is kept private and will not be shown publicly.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.