Currently:
830
Lyrics
मैले पुण्य मनपराएँ
या पाप मनपराएँ
जे होस् मैले तिमीलाई
चुपचाप मनपराएँ
जब फुल र काँडा दुइटा
सँगै रमाउन सक्छ
जब दागको रंगमा पनि
टिका समाउन सक्छ
नसोध मैले गर्दा या
पाप मनपराएँ
जे होस् मैले तिमीलाई
चुपचाप मनपराएँ
तिमीसँग लिनुपनि छ
तिमीलाई दिनुपनि छ
हाम्रो हिसाब किताबमा
सजाउनु पनि छ
यो हिसाब लिएर तिमीलाई
बेहिसाब मनपराएँ
जे होस् मैले तिमीलाई
चुपचाप मनपराएँ
जे होस् मैले तिमीलाई
चुपचाप मनपराएँ