Currently:
814
Lyrics

Browse by Artiste:

0-9 A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

Suresh Kumar - Ma mareko pal (म मरेको पल)

Artist

Suresh Kumar

Album

Lyrics

म मरेको पल तिमी डोली चढ्नु
म मरेको पल तिमी डोली चढ्नु
हर्ष आँशु झार्दै रोए जस्तो गर्नु
दुखे जस्तो गर्नु
म मरेको पल तिमी डोली चढ्नु

विस्वासको मन्दीर भत्काइदिन सक्छौ
ढलाईदिन सक्छौ
आश्वासनको बाचा बदलदिन सक्छौ
भुलाईदिन सक्छौ
निराश यो सपना रित्तो छ जिवन
बदनामी पिजँडा कैदी छ यो मन
म मरेको पल तिमी डोली चढ्नु

बेथालाई समेटि विस्मृतिमा भुल्छु
उदासीमा डुब्छु
रंगीएको सिउँदो भ्रान्ती भित्रै रम्छु
तरंगमा झुम्छु
सुकेको पलासलाई बसन्तले के भो
यो पागल तिमीले नचिने नै भइगो
म मरेको पल तिमी डोली चढ्नु
म मरेको पल तिमी डोली चढ्नु
हर्ष आँशु झार्दै रोए जस्तो गर्नु
दुखे जस्तो गर्नु
म मरेको पल तिमी डोली चढ्नु