Biyog le Mero (बियोग ले मेरो)
Artist:
Thupden Bhutia
Album:
<unknown album> (बियोग ले मेरो छात्ती चिरिदा
तिमी मा मुस्कान आउछ भन्ने
म हजारौ बेदना सही दिउला
म हजारौ बेदना सही दिउला
बैराग्य ले मेरो मन उजाड हुदा
तिमी मा बाहार छाउछ भन्ने
म सधै लाई खडेरी भई दिउला
म सधै लाई खडेरी भई दिउला
बियोगले मेरो छात्ती चिरिदा सोच्नु नै गल्ती रहैछ नि मैले आफ्नो तिमी लाई मै मरी हत्ते गर्ने तिमी ले ठानेउ पराई
आफन्त लाई आगो लगाई प्रीती अरुलाई
टाढिएर म फर्की न आउदा तिमी लाई खुशी मिल्छ भन्ने
म समुन्द्र तरेर पारी जाउला
म समुन्द्र तरेर पारी जाउला
बियोग ले मेरो छात्ती चिरिदा
आफ्नै रोजाईले दिन रात मन को भिज्यो बलेसी
मै कर्म हारा सकिन चुम्न तिम्रो परेली
सायद अर्कै लाई दिन्छौ कि खुशी मेरो उजेली
रितियेर सधै लाई सिधिदा तिम्रो झोली भरिन्छ भन्ने
म आफै लाई बन्धकी राखी दिउला
म आफै लाई बन्धकी राखी दिउला
बियोग ले मेरो छात्ती चिरिदा...)

Comments
Post new comment